साइँली मन लोभियो देख्नेवित्तिकै
कन्ये होकि घरबारे रै’छौ नानी चिटिक्कै
साइँली मन लोभियो देख्नेवित्तिमै ।
उल्लेखित कौरा आइतबार राजधानीको सामाखुसीस्थित मार्मिक स्टुडियोमा गुञ्जियो । सुमधुर स्वरका धनी गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङले उक्त कौरा गुन्गुनाइरह“दा मार्मिकका रेकर्डिस्टलाई भने भ्याइनभ्याइ भएको थियो । उनी दुर्गा र केशुको स्वरलाई कम्युटरमा कैद गर्न व्यस्त थिए ।
हो, उल्लेखित कौरा तथा टिपिकल चुट्का गीत आइतबार दुर्गा र केशुको स्वरमा रेर्कड भएको छ । संगीतकार समेत रहेका रेशम गुरुङ र केशु गुरुङको संयुक्त शब्दरचना रहेको यस गुरुङ संस्कृति बोकेको कौरामा लय रेशमको रहेको छ । यो गीत एल्बम ‘बुकी फूल’ का लागि तयार गरिएको हो ।
यस कौरा गीतले विवाह नगरी बसेकी युवतीलाई प्रेमका साथ ‘यंग्य’ गरिएको छ । यस गीतमा दुर्गा र केशुका अलावा कुम गुरुङ र लक्ष्मी रानालगायतका कलाकारको पनि स्वर सुन्न सकिनेछ ।
दुर्गा गुरुङको संगीत संयोजन रहेको यस कौरामा स्वर दिनकै लागि केशु दमौलीबाट राजधानी आएकी हुन् । उनले भनिन्, ‘यो गीत रेर्कड गर्ने योजना पहिलेदेखि नै थियो । आज बल्ल रेर्कड गरिएको छ ।’