विजयको ‘दिलैमा…’ सुनिल–एलिशा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १९ जेष्ठ शनिबार
no img

गायक विजय शंकर ‘दिलैमा…’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । अमेरिकाको ओहिओमा बस्दै आएका विजयको यस नयाँ गीत तथा भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायक विजय अमेरिकामा बस्दै आएपनि यो भिडियो नेपालमै निर्माण गरिएको हो । गायककै शब्दरचना रहेको यस डान्सिङ बीटको गीतको भिडियोलाई छायांकार ज्ञानेन्द्र शर्मा टिमले बनाएको हो । एनके ब्रोदर्सको संगीत रहेको ‘दिलैमा’ मा सुनिल क्षेत्री एलिशा शर्माले अभिनय गरेका छन् ।
यस रोमान्टिक तथा डान्सिङ फ्लेवरको ‘दिलैमा’ मा सुनिल र एलिशाको गजबको ‘अनस्क्रिन रोमान्स’ देख्न सकिन्छ । यस भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=_6mXKx0nSSk&feature=youtu.be

Comments