नाम्चेमा कन्सर्ट हुँदै
screennepal
प्रकाशित: २०७५, १० जेष्ठ बिहीबार
no img

सोलुखुम्बुको नाम्चेबजारमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । सगरमाथा दिवसको अवसर कन्सर्ट हुन लागेको हो ।
मे २९ का दिन मनाइने ‘एभरेष्ट–डे’ अर्थात सगरमाथा दिवसको अवसर १५ जेठमा पार्टी एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुका साथमा ‘लाईभ कन्सर्ट तथा डान्स पार्टी’ व्यवस्थापन गर्न लागेको हो ।
आयोजक संस्थाका पासाङ छिरिङ शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ शीर्षकमा विश्वकै अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टी गर्न लागिएको हो ।
‘सगरमाथाको फेदी अनुपम ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ“’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रममा अभिनाश घिसिङ, ईन्डियन आइडलको उपाधि विजेता प्रशान्त तामाङ, लोकगायक बद्री पंगेनी, गायिका प्रिया भण्डारीको साथमा डिजेइङको क्षेत्रमा स्थापित डिजे तेन्जिङको आकर्षक प्रस्तुती रहने जनाइएको छ ।
नाम्चे यूथ ग्रुपका अनुसार कार्यक्रममा सा“झ ६ बजेपछि प्रारम्भ हुने छ ।

 

Comments