काठमाडौं, २८ बैशाख । गायिका सुमी चाम्लिङ राई र शंकर थापा ‘स्माइल’ले एउटा संयुक्त गीत तथा भिडियो ल्याएका छन् । फास्ट–फास्ट ः कल्पना बोलको उक्त गीतलाई डश म्युजिक र चाम्लिङ ईन्टरटेइन्टमेन्ट ल्याएका हुन् । गीत डान्सिङ बिटको रहेको छ ।
यस गीतको भिडियोमा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की र सुनिल क्षेत्रीले कम्मर मर्काएका छन् । डी.पी. खनालको शब्दरचना रहेको यस गीतलाई गायक शंकरले संगीत गरेका हुन् ।
फास्ट फास्टमा प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल खत्रीको साथमा डान्स गु्रप ‘नेपाली ठिटोज’को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।
म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको छ ।