सुजनले उपाधिसहित एक लाख जिते
screennepal
प्रकाशित: २०७५, २१ बैशाख शुक्रबार
no img

काठमाडौं, २१ बैशाख । गायन रियालिटी शो ‘लैबरी–लै सिंगिङ कम्पिटिशन’मा काठमाडौका सुजन लोहनी बिजेता बनेका छन् ।
देशभरबाट छानोट भएका प्रतिस्पर्धीलाई पछि पार्दै १५ वर्षीय सुजनल ‘सिंगिङ कम्पिटिशन’ जितेका हुन् । उनले उपाधिसँगै एक लाख रुपैयाँ र विभिन्न अवसर पाएका छन् ।
सुमधुर स्वरका धनी सुजनले यो कम्पिटिशन जितेपछि दुवई र हङकङ भ्रमणको अवसर पनि पाएका छन् । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको यस गायन रियालिटी शो जितेपछि आयोजकले सुजनलाई एउटा एल्बम समेत रेकर्ड तथा प्रवद्र्धन गरिदिने भएको छ ।
त्यस्तै, यस कम्पिटिशनमा कृष्ण कटेल दोस्रो र सार्थक लामा तेस्रो भएका छन् । कार्यक्रमको फिनाले बिहीबार राजधानीमा भएको थियो ।

Comments