यिनको दिल बस्यो ‘बुट्टे चोलीमा…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २१ बैशाख शुक्रबार
no img

काठमाडौं, २१ बैशाख । नवगायक सञ्जिव बस्नेत दर्शक तथा श्रोताका लागि ‘बुट्टे चोलीमा’ लिएर आएका छन् । उनले आफ्नो गीतको भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
छोटो समयमै चर्चा बटुल्न सफल सञ्जिव विभिन्न मेला महोत्सवहरुमा ब्यस्त हुँदै आएका छन् । यसैबीच उनले ‘बुट्टे चोलीमा…’ ल्याएका हुन् ।


बिनोद बञ्जाराको शब्द र रमेश श्रेष्ठको संगीत रहेको यस गीतको भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका हुन् । यस भिडियोका लागि राजन शाहीले कोरियोग्राफी गरेको छन् ।
सोहन मानन्धरलको छायांकन तथा सम्पादन रहेको यस भिडियोमा सञ्जयराज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सञ्जिब बस्नेत तथा सुर्य चन्दकै अभिनय हेर्न सकिन्छ ।

Comments