लोकगायक जोशीलाई एक लाखसहित सम्मान
screennepal
प्रकाशित: २०७५, १९ बैशाख बुधबार
no img

दमक, १९ वैशाख । वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी ‘एलपी’ बुधबार सम्मानित भएका छन् । लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत जोशीलाई एक लाख राशिको ‘नगर प्रमुख सम्मान’ प्रदान गरिएको हो ।
दमक नगरपालिकाले एक कार्यक्रम गरी उनलाई सम्मान प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मान हस्तान्तरण गरे ।
पुरस्कार प्रदान गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रवद्र्धन गर्नुपर्छ ।’
दमक–१ मा स्थायी बस्दै आएका जोशी ६ दशकभन्दा बढी समयदेखि गीत संगीत, कलाकारिताका क्षेत्रमा क्रियाशील छन् । उनका रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता कयौँ गीत चर्चित छन् ।
सम्मान कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कला संस्कृतिको सम्वृद्धिमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए ।

Comments