गजलबारमा प्रेम वियोग र मिलनका कथा उर्तादा…
screennepal
प्रकाशित: २०७५, १५ बैशाख शनिबार
no img

काठमाडौं, १५ बैशाख । अरबियन शैलीको म्युजिक ट्रयाकमा तयार पारिएको ‘साँचो माया लाउँछु भन्दै मायालुले विष पिलायो, जसले हाँस्नु सिकाउँछु भन्थ्यो, उसैले आँशु पिलायो’ गजल बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा शुक्रबार गायिका सहिमा श्रेष्ठले गाइन् । प्रेम वियोगात्मक शब्दभाव बोकेको उक्त गीत प्रस्तुत गरिरहँदा सहिमाको अगाडि लाइट र क्यामेरा पनि तेर्सिएको थियो । उनी गाउँदै गइन् । आफ्नै भावशैलीमा ।


हो, ‘साँचो माया लाउँछु भनेर….’ बोलको गजलको शुक्रबार भिडियो निर्माण गरिएको छ । भिडियोमा प्रेम वियोग र मिलनका कथाको सचित्रण गरिएको छ ।
पत्रकार एमपी सुब्बाले निर्देशनको जिम्मा लिएको यस गजलमा त्रिकोणात्मक प्रेमकथा छ । जसमा गायिका सहिमाका अलावा अभिनेता तथा मोडल नरेन खड्का र कुसुम तामाङलाई फिचरङि गरिएको छ ।
‘सहिमा एक गजलबारकी गायिका हुन्छिन् । उनको प्रेम त्यो गजलमा आइरहने गजल पारखी (नरेन)सँग नजिक हुन्छन् अर्थात उनैसित प्रेम हुन्छ । तर, नरेनले अर्की (कुसुम)लाई मन पराउन थाल्छ । अन्ततः नरेन कुसुमलाई लिएर त्यही गजल (जहाँ सहिमा गाउँछिन् ) आउँछ । त्यो सहिमाले आफ्नै आँखा अगाडि देख्छ । त्यसपछि सहिमाको जीवनमा आउने प्रेमवियोगको शब्दभाव हो, ‘साँचो माया लाउँछु भनेर…।’


पछिल्लो समयकी व्यस्त गायिका सहिमाको यस पछिल्लो भिडियोलाई कारेस फिल्म प्रालि अनामनगरको पोस्ट प्रोडक्शनमा निर्माण गरिएको हो । यस भिडियोलाई सोनाहाङ राईले खिचेका छन् ।
एउटा गजलबारभित्र मौलाएको प्रेम र विछोड तथा मिलनलाई भिडियोमा उतार्न परेकाले गजलबारमै शुट गरिएको निर्देशक एमपी सुब्बाले बताए ।
यस भिडियोका लागि ड्रेस डिजाइन कमल मानन्धरले गरेका छन् भने गायिका तथा मोडलहरुलाई सिंगार्ने काम निसुम नेम्बाङले गरेकी छन् । यो भिडियो चाँडै हेर्न पाइने निर्माण टिमले जनाएको छ ।

Comments