प्रेम र विवाहमा असफल यी गायक !
screennepal
प्रकाशित: २०७५, १२ बैशाख बुधबार
no img

काठमाडौं, १२ बैशाख । बलिउडमा एकपछि अर्को ‘हिट’ गीत दिएर चर्चा कमाएका गायक अरिजित सिंह प्रेम र विवाहको विषयमा भने अभागी छन् । आजैका दिन अर्थात २५ अप्रिलमा जन्मिएका अरिजित ३१ वर्षका भए । तर, यहाँसम्म आउँदा संगीतमा सफल र प्रेममा असफल ।
जब फिल्म ‘आशिकी–२’को गीत रातारात लाइमलाइटमा आयो, तब अरिजित चम्किए । उनले अहिलेसम्म दुई सयभन्दा बढी गीत गाइसकेका छन् । तर, यी बलिउडका उम्दा गायकको नीजि जीन्दगीबारे कमैलाई थाहा छ । कतिपयलाई उनले बिहे गरेको समते थाहा छैन ।
पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि अरिजितले एक बच्चाकी आमा कोयल रायसँग दोस्रो बिहे गरेका थिए । पत्नी कोयल उनको बच्चापनदेखिककै साथी पनि हो ।
अरिजितले एक सांगीतक कार्यक्रमको दौरानमा २०१३ मा पहलिो बिहे गरेका थिए । तर, त्यो विवाह लामो समय टिकेन । उनीहरु २०१३ मै छुटिए । त्यसपछि नै अरिजितले बच्चादेखिकै आफ्ना साथी कोयलसँग बंगाली रीति–रिवाजअनुसार २०१४ मा बिहे गरेका हुन । यो दुवैको दोस्रो विवाह थियो ।
अरिजितले आफ्नो दोस्रो बिहेबारे धेरैपछि मात्र सोशल मिडियामा फोटो शेयर गरेर जानकारी गराएका थिए । अन्तर्वाताको क्रममा बिहेबारे प्रश्न गर्दा उनले ‘नीजि कुरा’ भन्दै टारिए । (एजेन्सी)

Comments