काठमाडौं, ११ बैशाख । एक इभेन्टमा सोमबार बलिउडका अधिकांश हिरोइन देखिए । रेखादेखि शिल्पा शेट्टीसम्मका हिरोइनको उपस्थितिले कार्यक्रममा गरमागरम छाएको थियो । उक्त अवसर ‘एसिया स्पा अवार्ड–२०१८’ले जुराएको थियो ।
मूम्बईमा आयोजित सो अवार्ड समारोहको रेड कारपेटमा शिल्पा गर्जियस लुकमा देखिइन् । उनी क्रिम कलरको प्रिन्टेड साडीमा थिइन् । ब्लाउज पनि डिजाइनरले तयार गरेका लगाएकी थिइन् । शिल्पाको सुन्दरताले फोटोग्राफरको ध्यान तानेको थियो । उनीहरुले शिल्पाको सुन्दरतालाई त्यही मौकामा आफ्नो क्यामेरामा कैद गरे ।
कार्यक्रममा रेखा ट्रेडिशनल लुकमा देखिइन् । उनले गोल्डेन कलरको साडी लाएकी थिइन् । जहाँ अभिनेत्री रविना टन्डनलगायत पनि थिए । रविना कालो गाउनमा निकै खुलेकी थिइन् । उनी रेखासँगै देखिएका थिए ।
कार्यक्रममा डायना पेन्टी, नुसरत बरूचा, पत्रलेखा, ऋचा चड्डा, विद्या मालवडे, भूमि पेडनेकर, दिव्या खोसला कुमार, राजकुमार राव, राहुल देवलगायतका बलिउड सेलिबे्रटीहरु थिए । कार्यक्रम सोमबार राति अबेरसम्म चलेको थियो । (एजेन्सी)