फ्लोअरमा ‘फेसन सेक्रेट्स’
screennepal
प्रकाशित: २०७५, ५ बैशाख बुधबार
no img

काठमाडौं, ५ बैशाख । नयाँ वर्ष २०७५ लाई अवसर पारेर राजधानीमा ‘फेसन सेक्रेट्स टू’ शिर्षकमा एक फेसन शो भयो, जहाँ २४ युवती र ११ युवा मोडल सार्वजनिक भएका थिए ।
कार्यक्रमका इभेन्ट म्यानेजर आशिष पाण्डेका अनुसार उक्त शोका लागि कोरियोग्राफी पुरन जोशीले गरेका थिए भने उनीसँगै स्वस्तिका लामाले सहकार्य गरेकी थिइन् ।


लाजिम्पाटस्थित नेपाली चूलो रेष्टुराँ एण्ड ब्याङ्क्वेटमा आयोजित ‘फेसन सिक्रेटस् टू’मा डिजाइनर नुदिना राईको कलेक्सनबाट फेसन सिक्रेटस् टूका रहस्यहरु पालैपालो उजागर भएका थिए । नुदिनाको कलेक्सन स्ट्रिट वेयरमा केन्दि«त थियो, जसमा स्ट्राइप्स, चेक्स, प्रिन्टेन्ड शैलीमा मरुन, ब्लु, व्हाइटलगायतका कलरहरुको बहार थियो ।
त्यस्तै, डिजाइनर सुमन शर्माको प्रस्तुतिमा इन्डो वेस्र्टन शैलीको प्रधानता थियो । यो कलेक्सनको पहिरनहरुमा ह्यान्ड इम्ब्रोइडरी प्याटर्नको विशेषता देख्न पाइएको थियो ।
फेसन शोअन्तर्गत डिजाइरन बिजय कहरको कलेक्सनमा युरोपियन छाप देख्न पाइएको थियो । जसमा फ्लोर लेन्थ गाउन र थ्री पिस सुटको संयोजन थियो ।


हलिउड शैलीबाट प्रभावित फ्लोर लेन्थ गाउन, जम्पसुट, कोट पाइन्टजस्ता कलेक्सनलाई रेड कार्पेट शीर्षकमा प्रस्तुत गरेकी थिइन् डिजाइर अनिता लोहनीले । उत्कृष्ट वीरविक्रम खड्काको सृजना भने स्ट्रीट् वेयरबाट प्रभावित थिए । जसमा कलरफुल फ्याब्रिक र प्रिन्टहरुको सुन्दर संयोजनमा पहिरनहरु प्रस्तुत गरिएका थिए ।
ड्रिस सर्च एजेन्सीको सहकार्यका नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा संचालन भएको सो कार्यक्रममा डिजाइनर अन्चु पाण्डेको किड्स वेयर कलेक्सन पनि आकर्षक थिए ।

 

Comments