निःसहाय सेवा केन्द्रका आमा–बुबासँग ऋतिका (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ४ बैशाख मंगलवार
no img

काठमाडौं, ४ बैशाख । गायिका तथा मोडल ऋतिका जिरेल मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन निःसहाय सेवा केन्द्र पुगिन् । जहाँ ४० जना बृद्धबृद्धा आश्रित छन् । उनीहरुलाई ऋतिकाले बर्को ‘दोसल्ला’ तथा जुस र बिस्कुट दिइन् । एकजना कलाकारले आफूहरुमाथि सद्भाव र माया दर्साएको देखेर बृद्धबृद्धा आमा–बुबाहरु पनि खुसी देखिए ।


गायनसँग सँगै मोडलिङमा सक्रिय ऋतिकाको यो पहिलो समाजसेवा भने होइन । कलाकारितासँगै समाजसेवामा सक्रिय ऋतिकाले थुप्रै यस्ता सामाजिक कार्य गरिसकेकी छन् । आमाको मुख हेर्ने दिनकै अवसर पारेर उक्त बृद्धाश्रम पुगेकी ऋतिकाले भनिन्, ‘समाजसेवा पनि मेरो एउटा रुचि हो ।’


सामाजिक सेवामा आफूलाई समर्पित गर्दा आत्मसन्तुष्टि मिल्ने उनले बताइन् । ऋतिको केही साता अघि मात्र एक भिडियो रिलिज भएको थियो । जुन भिडियो हिजोआज यु–ट्युबमा लोकप्रिय बन्दै गएको छ ।
निःसहाय सेवा केन्द्रलाई सगुन शाहले सञ्चालन गर्दै आएकी हुन् । उक्त आश्रमम दुखी तथा आफन्त गुमाएका आमाहरु आश्रित छन् ।

 

Comments