अम्बिकालाई ‘आँखा लाउने’ को हो ?
screennepal
प्रकाशित: २०७५, २ बैशाख आईतवार
no img

काठमाडौं, २ बैशाख । गीतकार अम्बिका गुरुङले श्रोता तथा दर्शकका लागि नया“ वर्ष २०७५ को पहिलो दिनएउटा सांगीतिक कोशेली दिएकी छन् । गीतकार गुरुङले अमेरिकाबाट आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी हुन् ।
लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउ“छन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
धुलिखेलका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=Hv3voPnIfm8&feature=youtu.be

अमेरिकामा बस्दै आएकी कवयित्रित्री तथा गीतकार गुरुङले नया“ बर्ष २०७५ को उपलक्ष्यामा सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुभकामना स्वरुप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको हो । ।
गायक विरेन्द्र श्रेष्ठले पनि नया“ बर्षको अवसरमा शुभकामना सहित नया“ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत संगीतलाई माया गरीदिन आग्रह गरेका छन् ।
शंकर थापाद्वारा संगीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायांकन गरेका हुन् ।

Comments