“ब्लाईनड रक्स” को च्यारिटी शो बैशाख १३ मा, को को आउदैछन् त ?
screennepal
प्रकाशित: २०७५, १ बैशाख शनिबार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र मनोरंजनको लागि बनेको हुन्छ तर त्यस बाहेक एक किसिमको संदेश बोकेर पनि धेरै चलचित्र निर्माण भएको देखिन्छ । चलचित्र निर्माण पछि चलाउन धेरै गार्हो छ भन्छन नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरु । यो कुरा धेरै हदले साबित पनि भएको छ । चलचित्रको विश्लेषण गर्ने हो भने २ पाटोको कुरा आउछ पहिलो चलचित्रले दर्शकहरुको मन छुनु पर्यो दोस्रो ब्यापारिक हिसाबमा सफल पनि हुनु पर्यो । तर कहिले कहिँ यी दुई पाटो भन्दा पनि एक पाटोमा मात्रै चलचित्र अडिक रहेर सफल मानिएको पनि उदहारण छ । त्यसै मध्यको एक उदहारण हो चलचित्र ब्लाईनड रक्स ।

गत फाल्गुन १८ गते नेपालमा प्रदर्शनमा आएको यो चलचित्रले ब्यापारिक हिसाबमा सफलता हासिल गर्न सकेन । तर दर्शकहरुको मन भने जित्यो । जति दर्शकहरुले यो चलचित्र हेरे एक जनाले पनि चलचित्र नराम्रो भएको भनेको सुनिएन । सम्पूर्णको मन यस चलचित्रले जित्यो र सबैले एक किसिमको गहकिलो संदेश समेत प्रवाह गर्यो । सृष्टि केसी नामकी एक दृष्टिबिहीन युवतिको सत्य जीवनमा कथामा आधारित रहेर यस चलचित्रको निर्माण निकेश लिम्बुले गरेका हुन् । चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

????????????????????????????????????


बिदेशमा पनि धेरै ठाउँमा चलचित्रको प्रदर्शन भईसकेको छ जहाँ ब्यापारिक हिसाबले चलचित्र सफल रहयो र प्रतिक्रिया पनि अब्बल नै प्राप्त गर्यो । तर नेपालमा ब्यापारिक हिसाबले सफल नरहे पनि सबैको मनमा बस्यो ब्लाईनड रक्स । तर फाल्गुन १८ गतेको प्रदर्शनको क्रममा हेर्न छुटाएका दर्शकहरुलाई फेरी एकपटक यो चलचित्र हेर्न र सहयोगको हात बढाउने अवसर पनि प्राप्त हुदैछ । हो दर्शकबिन निर्माण पक्षले यहि बैशाख १३ गते दृष्टिबिहीन सृष्टि केसीको Blind Rocks Organisation (NGO) को सहयोगको लागि च्यारिटि शो गर्दैछ ।

यस विषयमा बोल्दै चलचित्रका निर्माता निकेश लिम्बुले आफुहरुले धेरै दर्शकहरूको चाहनालाई ध्यानमा राख्दै यो पल्ट चाँही नितान्त दृष्टिबिहीन सृष्टि केसीको Blind Rocks Organisation (NGO) को सहयोगको लागि च्यारिटि शो गर्न लागेको बताए । यस्तै उनका अनुसार काठमाडौंको विशिष्ट, कुटनीतिज्ञ, समाज सेवी साथै ब्यापारीहरुको समेत यस च्यारिटी शो मा उपस्थिति रहने छ । चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, रितेश चाम्स र बसन्त भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् । यस्तै गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।

Comments