नयाँ वर्ष खुराक : निलमलाई मन प-यो हजुरको ढाका टोपी….! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २९ चैत्र बिहीबार
no img

काठमाडौं, २९ चैत । संगीतकार तथा गायिका निलम रोजु राईलाई हजुरले लाएको टोपी मन प-यो रे ! अर्थात् नयाँ वर्षको अवसरमा गायिका समेत रहेकी निलमले एक गीत तथा भिडियो सार्वजनिक गरेकी छन् । जुनमा उनले भनेकी छन्, ‘मलाई हजुरले लाएको टोपी मन प¥यो ।’
‘मलाई हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीतको शब्द, संगीत र स्वर निलमले दिएकी छन् । नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी निलमको संगीत त राम्रो छ नै, स्वर पनि उत्तिकै मिठास र माधुर्य छ ।

Neelam Rai Roju, Singer & musician

शब्द पनि उत्तिकै राम्रो लेख्छिन् निलम । गीति रचना, संगीत र गायनलाई एकसाथ अँगालेर निलमले आफूलाई नेपाली संगीत क्षेत्रको ‘निलम’ नै सावित गर्ने प्रयास गर्दै आएकी छन् ।
सार्वजनिक भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले । प्रेम तथा राष्ट्रभावना मिश्रित यस भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यस भिडियोका निकै मिहिनेत गरेको गायिका तथा संगीतकार निलमले सुनाइन् ।

दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । भिडियो रिलिजपछि उनले भनिन्, ‘नेपालीहरुको नयाँ वर्षको अवसरमा शुभकामना स्वरुप यो भिडियो ल्याएकी हुँ ।’ उनले भिडियो हेरेर कमेन्ट तथा प्रतिक्रिया दिन समेत दर्शक तथा श्रोतामाझ आग्रह गरेकी छन् ।

 

 

Comments