कोरियोग्राफर रोजिन शाक्यलाई ‘मल्टिटास्क पर्सनालिटी अन्तर्राष्ट्रिय अवार्ड’
screennepal
प्रकाशित: २०७४, २७ चैत्र मंगलवार
no img

काठमाडौं, २७ चैत । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेज्मेन्ट लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य हालै मलेसियामा सम्पन्न एउटा भव्य समारोहवीच अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका छन् ।
२४ चैतमा मलेसियाको क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् नामक होटलमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट आन्टरप्रिनर विधाअन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत भएका हुन् ।
यस विधामा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् । उनलाई यस पुरस्कारका नेपालस्थित ई प्लानेट प्रा.लि.ले मनोनीत गरेको हो । सम्बन्धीत विधामा रोजिन हासिल गरेको उपलब्धि, पु¥याएको महत्वपूर्ण योगदान र निरन्तरताको उच्च मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट रोजिनलाई सम्मानीत गरेको हो ।
एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदान र उपलब्धीको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ ।
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् । नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।

 

Comments