काठमाडौं, २५ चैत । नेवा सुन्दरीहरुले काठमाडौका. माँकाल मन्दिरमा लाखबत्ती प्रजलन गरेका छन् । १३औँ एनटिसी मिस नेवाः ११३८’ का प्रतियोगीले आइतबार विभिन्न तालिमको लाखबत्ती बालेका हुन् । लाख बत्ती प्रजलनपछि उनीहरुले प्रसादस्वरुप नेवारी प्ररम्परागत खाजा समयबजी खाएर त्यसको महत्वबारे छलफल गरेका थिए ।
नेप्लीज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः’ बिगत १३ बर्षयता निरन्तर हुँदै आएको छ । प्रतियोगितमा नेवार युवतीहरुको व्यत्तित्वबिकास र नेवार संस्कारको महत्वबारे बुझाउन बुझाइन्छ ।
आयोजक संस्थाका अध्यक्ष हेमा मानन्धरका अनुसार यस संस्करणको प्रतियोगितामा २० प्रतिस्पर्धी छन् । उनीहरुलाई रोजिन शाक्यले व्यत्तित्व बिकास, मिस नेवाः२०११ विजेता सुनिता डंगोलले भाषा र रोहिया महरजनले नृृृृत्य तालिम दिइरहेकी छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो जेठमा हुँंदैछ ।