२४ घण्टा नवित्दै किन हटाइयो ‘यो मुटु दुख्छ…’ | दर्पणको जवाफ यस्तो छ…
screennepal
प्रकाशित: २०७४, १५ चैत्र बिहीबार
no img

काठमाडौं, १५ चैत । ‘यो मुटु दुख्छ किन’ गीतको लिरिकल फिल मुमेन्ट भिडियो यु–ट्युबमा रिलिज गरिएको २४ घण्टामै हटाइएको छ ।
गीतकार दर्पण राईको शब्दरचना तथा मेगास्टार राजेशपायल राईको स्वर रहेको उक्त गीतको लिरिकल फिल म्मेन्ट भिडियोमा भारतीय टेलिभिजन डान्स स्टार सुशान्त खत्रीले अभिनय गरेका छन् । तर, रलिज गरिएको केही समयमै यु–ट्युबबाट मुभ गरिएपछि दर्शक तथा श्रोताले चासो व्यक्त गरेका छन् ।
दर्शक÷श्रोताले रुचाइरहेकै बेला यु–ट्युबबाट भिडियो किन मुभ गरियो त ? यस्ता अनेक प्रश्नले गीत दर्पणलाई यतिखेर पछ्याइरहेको छ ।


यसै प्रशंगमा दर्पणले स्क्रीननेपालसँग कुरा गर्दै भने, ‘प्राविधिक मिस्टेक भएकाले हटाइएको हो । अब केही दिनमै पुनः रिलिज गर्नेछु ।’ डान्स स्टार सुशान्तका फ्यानहरुले मात्र नभएर गीतकारकै फ्यानले गर्दा पनि उक्त लिरिकल फिल मुमेन्ट भिडियोलाई धेरैले चासोका रुपमा लिएका छन् । तर, रिलिज गरिएको केही समयमै हटाइएपछि श्रोता तथा दर्शकले गीतकारमाथि प्रश्न गर्नु स्वभाविककै हो ।
गीतकार दर्पण भन्छन्, ‘भिडियो किन हटाइयो भनेर दिनमै सयौले मलाई सोध्छन् । कतिलाई भन्नु ? भ्याएसम्मलाई सबैलाई केही दिनमा रिजिल हुन्छ भन्दै आएको छु ।’
उनका अनुसार भिडियोमा केही प्राविधिक गडबढी देखिएको थियो । तर, रिलिजको हतारले मिस्टेक हुन गएकाले यु–ट्युबमा ल्याएको केही घण्टामै हटाएको हो । दर्पणले भने, ‘अब केही दिन दर्शक तथा श्रोतालाई प्रतिक्षा गर्न अनुरोध गर्छु ।’
‘तिम्ले बाटो फेरेउ अरे’ गीतमार्फत चर्चामा आएका गीतकार तथा मोडल र निर्देशक भिडियो निर्देशक समेत रहेका दर्पणले भने, ‘यस लिरिकल फिल मुमेन्ट भिडियोलाई पनि यहाँहरुले रुचाउँनुहुन्छ भन्ने आशा लिएको छु ।’

सुशान्तले पहिलोपटक नेपाली गीतको भिडियोमा अभिनय गरेका हुन् । त्यसमा पनि फिल मुमेन्ट डान्सिङ भिडियो । त्यसैले पनि दर्शक तथा श्रोताले रुचाउँछन् भन्नेमा उक्त भिडियो निर्माण टिमसँगै गीतकार दर्पणको विश्वास छ । दर्पणकै संगीत रहेको उक्त गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

Comments