’काठमाडौं, ११ चैत । बालबालिकाहरु केन्द्रीत आयोजना हुँदै आएको ‘राईजिङ स्टार’को चौथो संस्करण आउँदो ४ बैशाखमा हुने भएको छ ।
बालबालिकाको आत्मविकास तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना सुरु गरिएको यस प्रतियोगिताको शीर्ष विजेतालाई नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
‘बालबालिका भित्रको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने ‘राईजिङ स्टार’को विशेषता’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको फाइनल जमलस्थित राष्टिय नाचघरको प्रेक्षालयमा हुनेछ ।
यस प्रतियोगितमा काठमाडौं, ललितपुर र भक्तपुरको विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि १० सम्मका ८२ जना बालबालिका सहभागिता छन् । हाल प्रतियोगीहरु प्रशिक्षणमा व्यस्त छन् ।
दुईचरणमा गरिएको अडिसनबाट ३५० विद्यार्थीमध्येबाट यी बालबालिका अन्तिम चरणका लागि छानिएका आयोजक संस्था क्रियटिभ वल्र्डका निर्देशक, प्राज्ञ तथा बरिष्ठ संगीतकार शान्तिरामले बताए ।