यस्तो स्टाटस लेख्दै माग्ने बुढाले सलमान संग मागे माफी
screennepal
प्रकाशित: २०७४, १९ फाल्गुन शनिबार
no img

स्क्रिननेपाल डटकम :
‘दबंग द टुर’ अन्तर्गत बलिउड अभिनेता सलमान खान यहि फाल्गुन २६ गते नेपाल आउने भएका थिए । तर केहि दिन अगाडी मात्र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै सलमानको नेपाल आउने कार्यक्रम तत्कालको लागि स्थगित गरिएको छ ।

सलमान नेपाल नआउने भएपछि धेरै व्यक्तिहरुले आफ्नो प्रतिक्रिया जनाए । यसै बीच माग्ने बुढा उपनामबाट चर्चित हाँस्य कलाकार केदार प्रसाद घिमिरेले पनि भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा खुशी सहितको स्टाटस लेखेका थिए । सलमान नेपाल नआउँदैमा दुखी हुनु नपर्ने उनको टिप्पणी थियो । त्यसपछि आफ्नो स्टाटसमा कैयौं कमेन्ट पक्ष विपक्षमा पोखिए, माग्ने बुढाको आलोचना बढि भयो ।

यसरी विवादमा तानिएका उनले त्यस पश्च्यात फेरी सलमान र आयोजक टिम संग माफी माग्दै फेसबुकमा अर्को स्टाटस लेखेका छन् । हतारमा गल्ती भएको भन्दै सलमान, आयोजक र उनका प्रशंसकहरुसँ क्षमा माग्दछु उनले आफ्नो नयाँ स्टाटसमा लेखेका छन् । आफुलाई स्टाटस पोस्ट भईसकेपछि एक देशको कलाकारले अर्को देशको कलाकारलाई नकारात्मक टिप्पणी गर्नु गलत भन्दै धेरेले फोन सम्पर्क तथा मेसेज पठाएको भन्दै उनले अन्ततः गल्ती स्विकार सहित माफी मागेका हुन् । पछिल्लो स्टाटसमा लेखेका छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो । सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।’

उल्लेखित स्टाटसमा थप्दै माग्ने बुढाले २ नम्बर बुँदा बनाएर ‘हेपाहा प्रवृत्ति नाजायज नै हो छिमेकी छिमेकी बीच बराबरीको सम्वन्ध हुनुपर्छ । मभन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ ।’ लेखेका छन् । विप्लभ नेतृत्वको माओवादीको अनेकन धम्कीमा बाबजुत आयोजकले सलमानको नेपाल भ्रमणलाई तत्काल स्थगित गरेको छ । आयोजक टिमले बैशाखमा नयाँ कार्यक्रम सहित उनि आउने जानकारी दिएको छ ।

Comments