सलोनको लागि सारा र प्रियंकाको भिडन्त, “सुश्री सम्पत्ति” को निर्माण घोषणा
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

स्क्रिननेपाल डटकम :
अहिले एक पछि अर्को नेपाली चलचित्रको निर्माण घोषणा भईरहेको छ । फरक फरक शैली र कथामा थुप्रै व्यक्तिहरुले चलचित्र निर्माण गर्ने दौड यति बेला चलिरहेको छ । यसै बीच चलचित्र “सुश्री सम्पत्ति” को पनि निर्माण घोषणा गरिएको छ । फाल्गुन १५ गते देखि छायांकनमा जाने भनिएको यस चलचित्रको पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई सुब्रत आचार्यले निर्देशन गर्दैछन् । यस्तै चलचित्रको कथा पनि उनि आफैले लेखेको जानकारी दिइएको छ ।

चलचित्रमा युवा पुस्ताको बेजोड उपस्थिति रहेको छ । हो दर्शकबिन चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा शिर्पालीको जोडी जम्दैछ । यसरी एक साथ पर्दामा यी २ पहिलोपटक देखिन लागेका हुन् । तर चलचित्रमा अथितिको रोलमा नायिका प्रियंका कार्कीको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ । यस्तै चलचित्रमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । चलचित्रको अधिकांश छायांकन पोखरामा हुने कुरा पनि निर्माण पक्षले बताएको छ । सुख सयलमा हुर्किएकी एक युवतिको कथा बोल्ने यो चलचित्र २०७५ को तिजको ताका प्रदर्शन आउने कुरा निर्देशक आचार्यले बताए ।

Comments