प्रियंका कार्की र दीपाश्री निरौलाको यस्तो दोस्ती हेर्नुहोस
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

स्क्रिननेपाल डटकम :
नायिका प्रियंका कार्की र दीपाश्री निरौलाको दोस्ती निकै मजबुत बन्दै गईरहेको देखिन्छ । “वडा नम्बर ६” नामक चलचित्रबाट सुरु भएको नायिका प्रियंका कार्की तथा निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाको मित्रता अझैसम्म उस्तै छ । आजकल यस्तो लाग्न थालिसक्यो कि अहिले दीपाकोे चलचित्रमा प्रियंका अनिवार्य जस्तै भइसकेकी छिन् ।

“छक्का पञ्जा ३” मा भने प्रियंकाको उपस्थिति हुन्छ या हुन्न यो भने यति बेला निकै चर्चाको बिषय बनेको छ । तर यी दुई अभिनीत चलचित्र “शत्रु गते” चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यति बेला यस चलचित्रलाई लिएर यी २ खुबै दौडिरहेको देखिन्छ । तर अब चलचित्रमा होइन अहिले त बिभिन्न उदघाटन कार्यक्रमहरुमा पनि यी २ लाई संगै देखिन थालेको छ ।

मंगलबार यी दुईले मन्डिखाटरमा सञ्चालनमा आउन लागेको “ग्यालेक्सी डान्स स्कुल” को संयूक्त रुपमा उदघाटन गरे । कार्यक्रममा बोल्दै प्रियंका र दीपाले यस स्कुल देखि प्रतिभावान डान्सरहरुको जन्म हुने विश्वास ब्यक्त गरे । यस्तै डान्स प्रतियोगिता हुनु आफैंमा राम्रो काम भएको र यस्ता प्रतियोगिता निष्पक्ष हुनु पर्ने कुरा पनि उनीहरुले कार्यक्रममा उल्लेख गरे ।

डान्स स्कूलले नयाँ प्रतिभाको खोजी गर्न सघाउने संस्थाका अध्यक्ष प्रकाश घलेले बताए । संस्थाले देशभरबाट नव-प्रतिभाहरुको छनौट गरेर डान्स प्रतियोगिताको आयोजना समेत गर्न लगेको संस्थाका व्यवस्थापन प्रमुख रमेश थापाले जानकारी दिए ।

Comments