शिशील क्षेत्रीको नया चलचित्र “तुवाँलो” को फर्स्ट लुक सार्वजनिक
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
पुराना नायक शिशील क्षेत्रीको नया चलचित्र “तुवाँलो” को फर्स्ट लुक सार्वजनिक भएको छ । जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती यो फिल्मले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोल्छ ।

दिपक परियारको निर्देशन रहेको “तुवाँलो” मा शुशिलका अलावा पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रश्मी भट्ट, गिरी प्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको लगानी रहेको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

चलचित्रका निर्माता गिरी प्रसाद सुनारका अनुसार चलचित्रमा बैदेशिक रोजगारको कथालाई पनि समेटिएको छ ।

Comments