“स्टूडेन्ट अफ द ईयर २” टाइगर र अनन्याको जोडी
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
बलिउडको दुनियामा २०१२ को सफल फिल्मको सुचिमा “स्टूडेन्ट अफ द ईयर” पनि पर्दछ । यसलाई करण जोहरले निर्देशन गरेका थिए । यो फिल्मबाट सिद्धार्थ मल्होत्रा, वरुण धवन र आलिया भट्टले बलिउडमा डेब्यु गरेका थिए । अब यसै चलचित्रको सिक्वेल निर्माण हुने भएको छ । तर यसपटक फिल्ममा कलाकारहरु भने परिवर्तन हुने भएको छ ।

“स्टूडेन्ट अफ द ईयर २” को नयाँ पोष्टर सार्वजनिक भएको छ । नया पोस्टरमा बलिउड एक्टर टाइगर श्राफको “बागी” अवतार देख्न सकिन्छ । खुल्ला सर्टमा उनको सिक्सप्याक शरीरलाई पोष्टरमा आकर्षक तरिकाले देखाइएको छ । यस्तैमा यो फिल्मको रिलिज डेट पनि घोषणा गरिएको छ ।

धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई वर्ष २०१८, २३ नोभेम्बरमा रिलिज गर्ने निर्णय गरिएको छ । “स्टूडेन्ट अफ द ईयर २” मा टाइगर श्राफ लिड रोलमा देखिँदैछन् । चंकी पान्डेकी छोरी अनन्या पान्डेपनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् ।

Comments