पारिवारिक कथामा “पञ्चेबाजा”
screennepal
प्रकाशित: २०७४, १२ माघ शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “पञ्चेबाजा” को ट्रेलर रिलिज भएको छ । फाल्गुन ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको एउटा गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ । सार्वजनिक ट्रेलरले पारिवारिक कथा बोल्छ । नेपाली समाजमा अधिकांश घट्दै आइरहेको जल्दोबल्दो कथालाई चलचित्रमा चित्रण गर्न खोजिएको चलचित्रको ट्रेलरले बताउछ । हाँसो, रोदन र एक्सनको मिश्रणले चलचित्रको ट्रेलर तयार भएको छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी, राजेश शाही लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा हरि घलेको छायांकन, कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ, राज कुमार उप्रेतीको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहेको छ ।

चलचित्रमा राजेश शाहीको लगानी रहेको छ । यस्तै चलचित्रको सह-निर्माता भने सारा गुरुङ रहेकी छिन् । एक गाउँका तीन पात्रको कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक लामिछानेले बताए ।

हेर्नुस ट्रेलर :

Comments