दयाहाङले राखे श्वेतालाई प्रेम प्रस्ताव………भिडियो सहित
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
यहि फाल्गुन ४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र “कान्छी” को अफिसियल ट्रेलर रिलिज भएको छ । हाँसो र रोदनले भरिएको ट्रेलरमा चलचित्रको अधिकांश कलाकारहरुलाई समावेश गरिएको छ । ट्रेलरको अनुसार चलचित्र कान्छी नेपाली समाजको वास्तविक कथामा निर्माण भएको देखिन्छ । ट्रेलरले नै धेरैलाई उत्सुकता बनाउने संकेत देखिन्छ ।

चलचित्रको २ वटा गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ । सार्वजनिक भए संगै दुवै गीतले निकै चर्चा पनि कमाईरहेको छ । त्यस कारण पनि दर्शकहरुलाई चलचित्रको ट्रेलरको प्रतिक्षा रहेको थियो । चलचित्रमा दयाहाङ राई , श्वेता खड्का , अनु शाह , तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ , कमेश्वोर चौरसिया , निर शाह , प्रज्वल सुजल गिरी , अशान्त शर्मा , बिनोद न्यौपाने , रमेश अधिकारी , जयनन्द लामा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छायांकन मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा गरिएको हो ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन , हिमाल केसीको द्वन्द र यम थापाको कथा समावेश रहेको छ । यस्तै चलचित्रलाई अभिनेत्री श्वेता खड्का र शैलेश खड्का मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई “कोहिनूर” फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

हेर्नुस ट्रेलर :

Comments