अनुप्रस्थ ब्याण्डको ‘अद्वितिय’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

काठमाडौं, ३ माघ । नेपाली चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’ मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाहीले फिचरिङ गरेका छन् ।
गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा निरनको संगीत छ । व्याण्डका कलाकारहरुलेसमेत फिचरिङ गरेको भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।
सात वर्ष अघिमात्र व्याण्डको पहिलो एल्बम ‘अनुप्रस्थ’ बजारमा आएको थियो । एल्बममा सात गीत छन् । अनुप्रस्थ झण्डै दशकदेखि नेपाली फोकरक संगीतमा सक्रिय छ । यो व्याण्ड सन् २००८ मा भएको ‘स्प्राइट बेण्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी शोबाट चर्चामा आएको थियो ।
व्याण्डका गायक निरनले अद्वितियको अर्थ नयाँ वा अन्य भन्दा फरक भन्ने रहेकाले यही नाम राखिएको बताए । गीतको शब्दले एउटा मानिससँगको सम्बन्धलाई अर्को मानिस आएर विस्थापन गर्न नसक्ने कुरा उल्लेख गरेको छ ।
व्याण्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याईसकेको छ । व्याण्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।

Comments