नेपाली चलचित्रमा काम गर्ने सुनौलो अवसर , आसुसेन फिल्म्सले दिदैछ यस्तो मौका
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
“प्रेम गीत” र “प्रेम गीत २” जस्ता सफल चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्म्सले ए. एस. एफ. लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त लघु कथा प्रतियोगितालाई दुई चरणमा विभाजन गरिएको आसुसेन फिल्म्सले जनाएको छ । लुकेर बसेका नया प्रतिभाहरुलाई नेपाली चलचित्रमा अवसर दिने उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको आसुसेन फिल्म्सले बताएको छ ।

आसुसेन फिल्म्सको अनुसार पहिलो चरणको प्रतियोगितामा स्क्रिप्टर स्टोरिलाइन बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा चलचित्रहरु बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका प्रतियोगीहरुले आफ्नो चलचित्रको स्क्रिप्ट आउँदो फागुन १ गते भित्र पठाईसक्नुपर्ने र यसको नतिजा फागुन १५ गते प्रकाशन गरिने छ ।

आसुसेन फिल्म्सले पहिलो चरणको प्रतियोगिताबाट छानिएका उत्कृष्ट १० प्रतियोगीलाई चलचित्र निर्माणका लागि जनही २५ हजार रुपैयाँ प्रदान गर्नेछ । यस्तै चलचित्र निर्माणका लागि उत्कृष्ट १० प्रतियोगीलाई रकम हस्तान्तरण गरिसकेपछि , चलचित्र निर्माणका लागि २ महिनाको समय दिइने छ । त्यसै बीच प्रतियोगीहरुलाई चलचित्र निर्माण सम्बन्धि तालिम पनि दिइने छ । प्रतियोगीले आफ्नो चलचित्र बैशाख १५ गतेसम्म बुझाइसकेपछी , उक्त चलचित्र आसुसेन फिल्म्सको युटुब च्यानल मार्फत अपलोड गरिने छ ।

त्यसै गरि आउँदो २०७५ भदौ १३ गते प्रितियोगिताका विजेताहरु निर्णायक मण्डलबाट छानिने छन् । विजेताहरुलाई ५ फरक फरक विधामा पुरस्कार दिइने छ । निर्णायक मण्डलबाट उत्कृष्ट कलाकार , उत्कृष्ट पटकथा , उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने छ भने जुन चलचित्रको युटुबमा सबै भन्दा बढी हेरिने छ उक्त चलचित्रलाई “पब्लिक चोइस” अवार्ड दिइने छ । विजेता सबैलाई आसुसेन फिल्म्स प्रोडक्सनबाट आगामी दिनमा निर्माण हुने चलचित्रहरुमा काम दिइने आसुसेन फिल्म्सले जनाएको छ ।

Comments