धनकुटामा ‘आजको दिन रमाईलो गरौ न…’
screennepal
प्रकाशित: २०७४, ३० पुष आईतवार
no img

तेह्रथुम, ३० पुस। गायक देवेन चेम्जोङको ‘आजको दिन रमाईलो गरौ न’ बोल गीतको म्यूजिक भिडियो निर्माण गरिएको छ । चर्चिच गायिका मेलिना राई र गायक चेम्जोङको युगल आवाजमा रहेको यस गीतको छायाङकन पुर्व धनकुटाको विभिन्न स्थानमा गरिएको छ ।
पुर्वेली लोकभाकाको यस गीतको भिडियोलाई रवि सेर्माले निर्देशन गरेका छन् । उनले गीतको मर्मलाई कलात्मक तबरले प्रस्तुत गरेका छन् । भिडियोमा गाउँघरमा हुर्किएको दुईजनाको पे्रमलाई शहरबाट एकदिन आउने केटीले खोस्न खोजेको र अन्त्यमा शहरियाले रमाईलो आँखाले मात्र हेरेको भावलाई चित्रित गर्न खोजिएको निर्देशक सेर्माले बताए ।
यस गीतको भिडियोमा दिवस थेगिम, पुनम तुम्बापो र माङगेन्ना थेगिमलाई देखिनेछ । अथिती कलाकारको रुपमा टीआर सेनेहाङ, देवेन चेम्जोङ, वालकुमार चेम्जोङलगायत रहेका छन् । गायक चेम्जोङको जन्मस्थल धनकुटाको राजारानीको बिभिन्न क्षेत्रमा छायाङकन गरिएको गीतको दृश्य रोशन आङबुङले खिचेका छन् ।

Comments