वास्तविक जीवन जस्तै अब पर्दामा खुल्दै बर्षा र संजोगको प्रेम
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली चलचित्रमा एकसाएक कलाकारहरुको नाम छ जसले नेपाली चलचित्रलाई डोराएर यहाँ सम्म लिएर आएका छन् । पुराना कलाकारहरुको कुरा गर्ने भने नायक शिव श्रेष्ठको नाम पनि सम्मानको साथ लिइने गर्दछ । उनलाई नेपाली सिने जगतमा ठुल्दाई उपनामले चिनिने गरेको पाईन्छ । उनि अब भने निर्माताको रुपमा अगाडी आउन लागेका छन् । उनले “एउटा यस्तो प्रेम कहानी” नामक चलचित्र निर्माण गर्न लागेका हुन् जसलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

प्राप्त खबर अनुसार चलचित्रमा नायक संजोग कोइराला र नायिका वर्षा राउत मुख्य भूमिकामा अनुवन्धित भएका छन् । पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका संजोग र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा समेत छन् । खबर अनुसार वर्षा यही चलचित्रका लागि तौल घटाउन अष्ट्रेलिया गएकी हुन् ।

यस्तै चलचित्रमा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि चलचित्रका लागि अनुवन्धित भइसकेका छन् । निर्माता तथा नायक शिव श्रेष्ठ आफैंले लेखेको कथामा निर्माण हुन लागेको चलचित्रको हाल गोप्य रुपमा छायांकन भइरहेको स्रोत बताउँछ । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चाँडै निर्माण यूनिटले चलचित्रको टीजर समेत सार्वजनिक गर्दैछ ।

Comments