नेपाल भन्दा अगाडी नर्वे दर्शक माझ “बोबी” , यसरी हुदैछ भब्य प्रिमिएर
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

स्क्रिननेपाल डटकम :
अधिकांश चलचित्र सबै काल्पनिक कथामा आधारित रहेर निर्माण हुन्छ । वास्तविक घटना क्रममा निकै कम चलचित्र मात्र निर्माण भएको छ त्यो पनि कुनै कृतिबाट प्रभावित रहेर । तर वास्तविक जीवनको घटना क्रममै केन्द्रित रहेर अहिले सम्म सम्भवत कुनै चलचित्र निर्माण भएको छैन । तर यहि शिलशिलाकै तोड्दै एउटा नेपाली चलचित्र निर्माण भएको छ । वास्तविक जोडीको कथामा आधारित रहेर चलचित्र “बोबी” निर्माण भएको छ । चलचित्र यति बेला प्रदर्शनको लागि तयार भएको छ । तर निर्माण पक्षले चलचित्रको नेपाल प्रदर्शन मिति भने पक्का गरेको छैन । चलचित्रको पहिला विदेशमा प्रदर्शनी हुनेछ । यस्तै खबर अनुसार चलचित्रले नर्वे मा चलचित्रको पहिलो प्रिमिएर गर्दैछ । यो अलिक बिशेष नै रहेको छ त किन भने जुन जोडीको कथामा यो चलचित्र निर्माण भएको छ उनीहरु पनि नर्वेमा नै बसोबास गर्दै आइरहेका छन् ।


चलचित्रको यहि मे १० तारिखमा प्रिमिएर हुदैछ । चलचित्रको प्रिमिएर नर्वेको त्यो आकर्षक मल्टिप्लेक्समा हुदैछ जहाँ हलिउडका प्रख्यात सुपरस्टारहरुको फिल्म मात्र प्रिमियर भएका छन् । नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले ‘बोबी’को प्रिमियर गर्न लागेको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्र उमेश थापा र कविता गुरुङ नामक जोडीको कथामा निर्माण भएको हो । रमाइलो कुरा के छ भने चलचित्रमा रियल जोडी उमेश र कविताले नै अभिनय गरेका छन् । निर्देशक मिलन चाम्सले यी २ लाई चलचित्रमा निकै खरो रुपमा उतारेका छन् । वास्तविक जीवनमा उमेश इन्जिनियर हुन् भने कविता होटल म्यानेजर हुन् ।


चलचित्रमा उमेश र कविता संगै विजय लामा , रुवी राना शाह (मिस नेपाल) , रवी गिरी , सुरवीर पण्डित , पुर्णिमा लामा , बादल भट्ट , रश्मि भट्ट , देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत , नवराज कृष्णको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको कथा संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चलचित्रले साचो प्रेम गर्ने जोडीको माया , संघर्ष र सफलताको कथा बोल्छ ।

Comments