‘ताराप’ लिएर आए हाङपाल
screennepal
प्रकाशित: २०७४, १८ पुष मंगलवार
no img

काठमाडौं, १८ पुस । कवि तथा गीतकार हाङपाल आङ्बुहाङले लिम्बू भाषामा गीति एल्बम ‘ताराप’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यो हाङपालको को आफ्नो पहिलो गीति पहिलो एल्बम हो ।
एक दशकभन्दा लामो समययता सिंगापुरलाई कर्मथलो बनाउँदै आएका हाङपालले यसअघि हाइकुसंग्रह ‘च्याब्रुङको आवाज’ ल्याएका थिए । त्यसपछि अहिले ‘ताराप’ अर्थात लक्ष्य गीति एल्बम ल्याएका हुन् । एल्बममा ५ वटा लिम्बू गीतका संगृहित छन् । जसमा संगीत स्वयं गीतकार हाङपाल र सेमिहाङ सिंगक, ब्रबिम सेर्मा र कुल्बा हाङ्सरुम्बा लिम्बूले संगीत भरेका छन् । एल्बममा टेकेन्द्र यक्सो, अशोक लोहोरुङ, कृष्णभक्त राई र मनि ताम्लिङको एरेन्ज रहेको छ । एल्बममा सुनिता थेगिम, सेमिहाङ सिंगक, ब्रबिम सेर्मा र निरु हाङ्सरुम्बाले स्वर दिएका छन् ।
एल्बममा समावेश गरिएको तीनवटा गीतहरुको म्युजिक भिडियो यूट्युबमा अपलोड गरिएको छ । ‘खेप्सेम्मे–खेप्सेम्मे’ बोलको गीतको भिडियो निर्देशन र छायांकन खगेन्द्र पंधाक लिम्बूले गरेका छन् ।

Comments