छिमी र राजको हजार पचासमा रश्मी… (भिडियो)
screennepal
प्रकाशित: २०७४, १७ पुष सोमबार
no img

काठमाडौं, १७ पुस । गायिका छिमी मम्बा र राजकिङ वाइबाको स्वरमा ‘हजार पचास ल…’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
प्राय अभिनयमा व्यस्त रहँदै आएका राज र ‘म्हेन्दोमाया गायिका’ छिमीको यस भिडियोमा राजसँगै मोडल रश्मी तामाङले अभिनय गरेका छन् । साथै भिडियोमा गायिका छिमीको पनि अभिनय हेर्न सकिन्छ ।
जबमुलिंग फिल्सको यु–ट्युबबाट सार्जजनिक गरिएको यस गीतको शब्द तथा संगीत सागर एस वाइबाले गरेका हुन् । जम्बुलिंग फिल्सको पोस्ट प्रोडक्शन रहेको यस भिडियोलाई लामा भाईले खिचेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ ।

Comments