काठमाडौं, ६ पुस । मलेसियामा हुन गइरहेको हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड–२०१७ को नोमिनेसन सार्वजनिक गरिएको छ । राजधानीको रातोपु्लस्थित रक हाउसमा हिमालय ईन्टरटेनमेन्ट ग्रुपले पत्रकार सम्मेलन गरी विभिन्न १८ बिधाका कलाकार छनोट गरेको हो ।
छनोट भएका कलाकारलाई कार्यक्रमका प्रमुख अतिथि युनेस्कोमा सुचिकृत साधना कलाकेन्द्रको संस्थापक र निर्देशक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले प्रमाणपत्र प्रदान गरे । नोमिनेसनमा परेका कलाकारलाई निर्णायक मण्डलबाट भोटिङका आधारमा अवार्डडेड हुनेछन् ।
ग्राण्ड फिनालेमा अवार्ड पाएका कलाकारलाई मलेसियामा हुने सांगीतिक कार्यक्रममा सहभागी गराउने आयोजकले जनाएको छ । ७५ प्रतिशत अंक ल्याउने प्रतिस्पर्धीलाई मात्र भोटिङ राउण्डमा समावेश गर्ने आयोजकले जनाएको छ । मलेसियामा व्यवस्थापन मिलाउन कार्यक्रम संयोजक एवं गीतकार राम रेप्चुङ राई यतिखेर मलेसियामै छन् ।
नोमिनेसनमा परेका कलाकारहरु :
बर्षको चर्चित नेपाली संीतकार : रमेशराज भट्टराई, पारशमनि ढुंगाना र एनबि थापा ।
नेपाली पप गायन पुरुष : पालदोर्जे पाख्रीन, सुनिल कटवाल, दिल्पु मोक्तान, भेषराज बस्नेत, कबिन योन्जन, टीका बोम्जन, शानाहाङ लिम्बू, दीपक राई बान्तावा, राजेश राई र देबेश राई ।
नेपाली पप गायन महिला : सरस्वती लामा, प्रशन्न पाण्डे, प्रजिता गेलाल र प्रमिला राई । नेपाली आधुनिक गीत गायन पुरुष : रमेशराज भट्टराई, सरोज राई, दीपक बान्तवा राई, गौरब नारायण राई, सिद्धार्थ घिसिङ र पारसमणि ढुंगाना ।
नेपाली आधुनिक गीत महिला : सरु गौतम, शशीकला मोक्तान र निर्मला घिसिङ । लोक दोहोरी गायन पुरुष : कृष्ण रेउले, बिमल डागी, दिनेश थापा, देबेश राई र राजेश राई ।
लोक दोहोरी गायन महिला : सरिता डागी, रितु लामा । लोक दोहोरी नव गायन पुरुष ः सन्दीप ग्याबा तामाङ, एसपिएम, धिरज राई, मीन ब. तामाङ, प्रेम आले मगर, केबल श्रेष्ठ केशब, राजु चेपाङ, सिताराम परियार, सागार सिजाली मगर, प्रेम राना मगर, कमल साईलो, बुद्धिमान तामाङ, प्रेम बिवस राना र विश्वपासा तामाङ ।
लोक दोहोरी नव गायन महिला : कला रोका मगर, पबिता तामाङ, एलिना खनाल, भुमिका गिरी, बसन्ती राई, रितु तामाङ, आरती श्रेष्ठ, सोनिया तामाङ, आशा राई गुरुङ र रुपी सिजाली मगर ।
शब्द रचना : रमेश राज भट्टराई, कर्म शेर्पा, विशाल लिम्बु, साजन तामाङ, कोकिल मोक्तान, सन्तोस राई, प्रेम आले मगर, उत्तम भण्डारी, आमिर लोप्चन, मनिस थापा मगर र सन्दिप स्याम्चेन तामाङ ।
म्हेन्दोमाया गायन महिला : शान्ती माम्बा तामाङ, रितु तामाङ र सीता लामा । म्हेन्दोमाया गायन पुरुष : सुमन घले, शैलाप वाईबा, चिजा लामा, हिदाम तामाङ र विश्वपासा तामाङ ।
तामाङ सेलो गायन पुरुष : सुभास तामाङ, कोष बोम्जन, जीवन बोम्जन, रमित लामा, प्रयास दोङ, सन्जिब वाईबा, कृष्ण वाईबा, जेम्स तामाङ र सुदिप घिसिङ ।
तामाङ सेलो गायन महिला : शशिकला मोक्तान, जीतु लोप्चन, रेश्मा बोम्जन र निर्मला घिसिङ । नेपाली म्युजिक भिडियो मोडेल पुरुष : दुर्गेश थापा, फुर्वा दोर्जे तामाङ, राजिब बलामी श्रेष्ठ, सोनाम तामाङ र सुजन कोइराला । नेपाली म्युजिक भिडियो मोडेल महिला : रश्मि तामाङ, रिना थापा मगर, दिपाशा बिसी र कल्पना गुरुङ । तामाङ मोडेल पुरुष : शम्भु मोक्तान, खेम मोक्तान र एरिन तामाङ । तामाङ मोडेल महिला : रश्मि तामाङ, सुस्मा मोक्तान, एन्जिला वाइबा तामाङ, रुपा एस घले तामाङ, मल्लिका थोकर तामाङ, कृन्जेल तामाङ, शलिना तामाङ, दोर्जिमा शेर्पा र अञ्जली घिसिङ तामाङ । तामाङ सेलो तथा म्हेन्दोमाया संगीतकार : सन्जीब वाइबा, प्रयास दोङ र शैलाप वाइबा ।