साकेलाकै मौकामा मिलनले गाइन् ‘ढोल झ्याम्टा…’
screennepal
प्रकाशित: २०७४, २३ मंसिर शनिबार
no img

काठमाडौं, २३ मंसिर । पछिल्लो समय लिम्बू भाषाको गीत गाएर चर्चामा बटुलेकी गायिका मिलन अमात्यले साकेला गीत पनि गाउन भ्याएकी छन् । साकेली उधौलीकै अवसरमा मिलनले किरात संस्कृतिमा आधारित ‘ढोल झ्याम्टा बज्यो गजैले हौ’ बोलको साकेला गीत गाएकी हुन् ।


पहिलोपटक किरात समुदायको साकेला गीत गाउन पाउँदा मिलन खुसी छिन् । उनले लिम्बू भाषाको गीतगाउँदा पनि यसैगरी खुसी व्यक्त गरेकी थिइन् । आगामी दिनमा पनि अवसर पाए विभिन्न भाषाका गीतहरु गाउने उनले बताइन् ।
हुन त मिलनलाई बहुभाषीय गायिका भन्दा फरक पर्दैन किनकि, उनी नेपालीका अलावा हिन्दी, असमी, भोजपुरीलगायतका भाषामा गीत गाइसकेकी छन् । तर, पछिल्लो समय उनले लिम्बू भाषा हुँदै किरात राई संस्कृतिमा आधारित गीत गाएकी छन् । आधाुनिक एवं पाश्र्व गायनमा चम्किरहेकी मिलनले साकेला गीत गाएपछि भनिन्, ‘आज पहिलोपटक साकेला गीत गाउने अवसर पाएँ । यसमा म एकदमै खुसी छु ।’ उनले आफ्ना श्रोता तथा दर्शकलाई साकेला अर्थात उधौलीको शुभकामना पनि दिइन् । ‘यो गीतको रेर्कडसँगै साकेलाको शुभकामना दिन चाहन्छु’ गायिका मिलनले भनिन्, ‘मलाई सबैको कला, संस्कृति र भाषाको प्यारो लाग्छ ।’
‘ढोल झ्याम्टा बज्यो गजैले हौ’ गीतमा मिलनसँगै शब्द र लय शिवसंगम राईको रहेको छ भने स्वर मिलन र भूमिराज राईको पनि रहेको छ ।

Comments