राजेश–अमृताको स्वरमा ज्याक र अनिताको विस्तारै–विस्तारै !
screennepal
प्रकाशित: २०७४, १५ मंसिर शुक्रबार
no img

काठमाडौं, १५ मंसिर । एक नेपाली म्युजिक भिडियोमा बेलायती मोडलल् अभिनय गरेका छन् । मेगास्टार राजेशपायल राई र गायिका अमृता लिम्बुले गाएको ‘विस्तारै विस्तारै’ बोलको गीतको हालै बेलायतको विभिन्न स्थानमा छायांकन गरिएको छ । जसमा अभिनेता समेत रहेका ज्याक आर्मष्ट्रोङले अभिनय गरेका छन् । भिडियोमा ज्याकसँगग बेलायतमै बस्दै आएकी अनिता लिम्बूले रोमान्स गरेको देख्न पाइनेछ ।


राजेशपायल र अमृताको सुमधुर स्वर रहेको ‘विस्तारै विस्तारै’ गीतको शब्दरचना जानु काङ्बाङ लिम्बूले गरेकी हुन् भने संगीत शिखर शन्तोषको रहेको छ । केही दिनमै दर्शक तथा श्रोतामाझ आउने यस गीतको भिडियोलाई अमृत गुरुङ र निको गुरुङले निर्देशन गरेका हुन् । उनीहरुका अनुसार भिडियो निकै सुन्दर बनेको छ । स्लोपप शैलीको ‘विस्तारै विस्तारै’ लाई गायिका अमृताले पनि आशा गरेको गीत हो ।


यस भिडियोमा देखिन लागेकी अनिताले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेकी छन् । यस भिडियोमा ज्याक र अनिताको जोडी राम्रै जम्ने विश्वास निर्माणपक्षको छ । गायिका अमृताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियोलाई दर्शकले रुचाउँनेछन् भन्नेमा आशावादी छु ।’

Comments