युएईमा ‘चासोक तङ्नाम’मा प्रस्तुत हुँदै तारा, निशा र यासेली
screennepal
प्रकाशित: २०७४, ११ मंसिर सोमबार
no img

काठमाडौं, ११ मंसिर । किरातीहरुको पर्व चासो तङ्नाममा यसपटक केही कलाकारले युएई हल्लाउँने भएका छन् । किरात याक्थुङ चुम्लुङ, युएईले आयोजना गर्न लागेको ‘चासोक तङ्नाम सांस्कृतिक’ कार्यक्रममा गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, मोडल तथा अभिनेत्री निशा पोमू र बरिष्ठ कलाकार यासेली योङ्हाङको बेजोड प्रस्तुती रहने भएको छ ।


साथै, कार्यक्रममा युएईका स्थानीय कलाकारहरु गायिका अमृता लक्सम, रनु जबेगू, पारस लामा, नन्दु राई, रोश्नी लिम्बूलगायतको पनि प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा लिम्बू, राईलगायत विभिन्न समुदायको मौलिक सांस्कृतिक नृत्य प्रदर्शन गरिने जनाइएको छ ।

१५ डिसेम्बरमा हुने कार्यक्रम बुर्जमान मेट्रो स्टेशन गेट नम्बर नजिकको होलिडे ईन होटलमा हुने भएको छ । चुम्लुङ, युएईका अध्यक्ष मनिष नाल्बो का अनुसार युएईको विभिन्न शहरमा नेपाली कलाकर्मीको सहभागितामा कार्यक्रम गनृ लागेको हो । इभेन्ट कम्पनी एभेष्ट मिडियाद्वारा प्रस्तुत ‘चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम–२०१७’मा नेपालबाट आउने कलाकारहरुको लागि दुबई सरकारबाट लिनुपर्ने अनुमति प्रक्रिया पुरा भएको जनाइएको छ ।
किरात याक्थुङ चुम्लुङ युएईद्वारा औपचारिक रुपमा २००५ बाट हरेक बर्ष चासोक तङ्नामको अवसरमा विभिन्न कार्यक्रमहरु हुँदै आएको छ ।
कार्यक्रमलाई सफल बनाउन नेपाल आदिबासी जनजाति महासंघ, युएईमा आबद्ध जनजाति संस्थाहरुको साथमा ताप्लेजुङ सेवा समाज, युएईको बिषेशा सहयोग रहेको जनाइएको छ ।

 

 

Comments