तायाहाङ्माको मनछुने गीत ‘आमा मेरी आमा…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, ११ मंसिर सोमबार
no img

काठमाडौं, ११ मंसिर । गायिका तायाहाङ्मा राई आफ्ना श्रोता तथा दर्शकका लागि मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । जुन गीत निकै मार्मिक छ । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
नेपाली गीतसंगीत क्षेत्रमा करिब ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी हुन् । त्यसयता उनी निरन्तर गायनमा छन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । यस गीतको भिडियोलाई स्टुडियोमा छायांकन गरिएको भएपनि निकै सुन्दर छ । फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा गायिका आफै अभिनय गरेकी छन् । गीतको भावअनुसार उनी भावुक बनेकी छन् ।

भिडियो हेर्न लिंक् क्लिक गर्नुहोला ।

हुन त आमाप्रति हरेक व्यक्ती भावुक बन्ने गर्छन् नै, यसैबीच यस गीतले अझ आमाप्रति समर्पित र ममता दर्साउनेछ ।
सार्वजनिक गीतमा शब्दरचना तथा संगीत चन्द्र लामा अनुरागको रहेको छ । जो कोरियामा छन् । गीतकार तथा संगीतकार चन्द्र कोरियामा बस्दै आएपनि समाजसेवा र गीत संगीतप्रति लगाव राख्दै आएका छन् । यो गीत त्यसैको प्रतिफल हो । यस भिडियोका लागि छायांकन मधुर बस्नेत, सम्पादन रविन बिक र मिक्सिङ विक्रम कार्कीले गरेका छन् । याक इन्टरटेनमेन्टले निर्माण गरेको यस भिडियोमा गायिका तायाहाङमालाई सुन्दर बनाउने काम ब्युटिसियन गौरा राईले गरेकी छन् । यो गीत ‘संगीत अनुराग’ एल्बममा संग्रहित रहेको छ ।
विभिन्न स्टेज कार्यक्रम तथा रेकर्डिङमा व्यस्त हुँदै आएकी तायाहाङ्माले भनिन्, ‘व्यस्तताका बाबजुद पनि यो स्टुडियो भिडियो सार्वजनिक गरेकी हुँ ।’ यो भिडियो अनामनगरस्थित सेवा रेकर्डिङ स्ुटडियोमा छायांकन गरिएको हो । भिडियो सार्वजनिक गर्दै उनले भनिन्, ‘आमा मेरी आमा म आफैलाई पनि मन परेको गीत हो । त्यसैले पनि भिडिायो बनाएकी हुँ ।’ लोकतन्त्रको अवसरमा २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको ‘लोकगीत प्रतियोगिता’मा तायाहाङ्मा प्रथम भएकी थिइन् । लोकतन्त्रको अवसरमा २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको ‘लोकगीत प्रतियोगिता’मा तायाहाङ्मा प्रथम भएकी थिइन् ।
तायाहाङ्मा आउँदो २५ डिसेम्बरमा हङकङमा हुने एक च्यारिटी कार्यक्रममा सहभागी हुन जाँदैछिन् । किरात चाम्लिङ राई खाम्बातिम हङकङले आयोजन गर्ने ‘पारुहाङ साँझ–२’मा आफ्नो प्रस्तुती रहने तायाहाङ्माले बताइन् ।

 

Comments