सिकालीचौरमा निराजन–रेखाको जोडी !
screennepal
प्रकाशित: २०७४, ७ मंसिर बिहीबार
no img

काठमाडौं, ७ मंसिर । पछिल्लो समयका व्यस्त मोडल निराजन प्रधान र ‘तारेभीर’ अभिनेत्री रेखा फागो बुधबार सिकालीचौरमा भेटिए, जहाँ निराजनले रेखालाई ‘ए हौ ठूली…’ भन्दै फकाउँदैथिए । निराजन र रेखाबीचको रोमान्सलाई नियाल्नेहरु पनि थुपै देखिए । ‘ए हौ ठूली…’ भन्दा रेखा आफूलाई सम्हाल्दै थिइन् ।

नेम खापुङ, गीतकार

हो, सिकालीचौरमा यी दुईको जोडी राम्रै जमेको थियो । तर, यो जोडी म्युजिक भिडियोका लागि हो । बेलायत बस्दै आएकी गीतकार नेम खापुङको ‘ए हौ ठूली हौ ठूली’ गीतको छायांकन गरिएको छ । ललितपुरको सिकालीचौरमा गरिएको उक्त गीतमा लक्ष्मण चोङ्बाङ र मिलन अमात्यको स्वर रहेको छ ।
टेकेन्द्र याक्सोको एरेन्ज, उत्सव दाहालको छायांकन, दिनेश माङ्मुको नृत्य निर्देशन र लोकेन साँवा लिम्बूको निर्देशन रहेको यस म्युजिक भिडियोलाई हङकङमा रहेका छत्र खापुङ र रचनाकार नेम खापुङले नै निर्माण गरेका हुन् भने नपालका लागि निर्माण संयोजन पत्रकार देबेन्द्र खापुङले गरेका थिए । यस गीतको भिडियो चाँडै डिभिडी तथा यु–ट्युवमार्फत सार्वजानिक गरिने जनाइएको छ ।

Comments