काठमाडौ, ५ मङ्सिर । मृत्यु भन्ने कुरा कहिल्यै सुखद हुन सक्दैन । त्यो दु:खद हुन्छ । त्तर, दु:खद मृत्यु, जो सुखद भनिन्छ ! हो, एउटा मृत्यु यस्तै भयो, जसलाई हामी सङ्योग भन्दा फरक पर्दैन । त्त्यो मृत्यु हो, जन गायक खुशीराम पाख्रिनको ।जसले गाउदा गाउदै मृत्युवरण गरे !
वाम गठवन्धनले मंगलवार चितवनमा आयोजना गरेको सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद पाख्रिन यो संसारबाट बिदा भएका छन् । हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा जनगायक पाख्रिन गीत गाउँदा गाउँदै ढलेका थिए ।
चिन्ताजनक अवस्थामा रहेका पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । तर डाक्टरले ढिला भैसकेको बताएका थिए । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् ।
पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए । उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।