काठमाडौं, ३ मंसिर । सुमधुर स्वरकी धनी मेनुका पौडेल चाँडै बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गुञ्जिने भएकी छन् । जसले ‘नेपाल आइडल’मा टप ११ सम्म पुगेर सबैको मन जित्न सफल भएकी थिइन् ।
दृष्टिविहिन भएर पनि आफ्नो गायन कलामार्फत लाखौ श्रोता तथा दर्शकको मन जित्न सफल मेनुका एक कुसल प्रतिभा हुन् । नेपाल आइडलमा आफ्नो सुरिलो र कर्णप्रिय गीत प्रस्तुत गरेर जसरी दर्शक एवं श्रोताको मन जित्न सफल भइन्, यसैगरी आगामी दिनमा पनि अगाडि बढ्न चाहन्छिन् उनी । नेपाल आइडलबाट बाहिरिँदा हजारौं उनका फ्यानका आँखा रसाएको थियो ।
यी अदभूत गायक कलाकी धनी मेनुकालाई आफ्नो गजलबारमा प्रस्तुत गर्न पाउँदा सञ्चालक पनि खुसी छन् । अर्को शुक्रबार साँझ मेनुका साया हेल्लो क्याफे गजलबारमा प्रस्तुत हुन लागेको जनाउँदै सञ्चालक रुल्ज गुरुङले भने, ‘मेनुका जस्तो प्रतिभा भएको कलाकारलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ ।’ उनका अनुसार उक्त साँझ मेनुकालाई फ्रि इन्ट्री गरेर सुन्न पाउनेछन् ।
साया हेल्लो क्याफे गजलबार यस्तो बार हो, जहाँ प्रत्येक शुक्रबार ख्यातीप्राप्त कलाकारहरु प्रस्तुत गरिन्छ । साथैं, पार्किङको समेत प्रशस्त व्यवस्था भएकाले ग्राहकलाई सजिलो हुने बार सञ्चालकको विश्वास छ ।
https://www.youtube.com/watch?v=-MCvR15A1PM