कभर गीतबाट चर्चामा आएकी किशु (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २६ कार्तिक आईतवार
no img

काठमाडौं, २६ कात्तिक । गायिका किशु थापामगर गुरुङ हाल रोजगारीको सिलसिलामा चार वर्षयता इजरायलमा छिन् । मिलनसार स्वाभावकी गायिका किशुको सानैदेखि नेपाली गीत गाउने खुबै रुचि थियो । त्यही रुचि आज आएर पूरा गरेको उनी सुनाउँछिन् । फुर्सदको समयमा गुनगुनाउन रुचाउँने किशु भन्छिन्, ‘म बाल्यकालबाटै गाउन रुचाउँथे ।’
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेकी किशु भन्छिन्, ‘तर जिवनमा सधैं चाहेको जस्तो नहुनेरहेछ ।’ स्वर्ग जस्तो आफ्नो देश र सुन्दर परिवारलाई चटक्कै छोडेर परदेशी बन्न पुगेकी उनी हाल इजरालमा कार्यरत छिन । आफु दुःखी भएपनि आफन्त साथीसंगीलाई खुशी दिने किशुले संगीत क्षेत्रमा कभर गीत गाएर चर्चामा आएकी हुन् ।

https://www.youtube.com/watch?v=DsVHZTg8Qsk&feature=youtu.be

अध्ययन सके पछि पासाङ गुरुङसँग बैबाहिक जिवनमा बाँधिएकी उनको एक छोरी छिन् । छोरीलाई घरमै छाडी प्रवासिएकी किशु इजरायलमा विभिन्न किसिमका सांगीतिक कार्यक्रमहरुमा पनि सभागी हुने गर्छिन् । ‘मैले कहिले पनि सोचेको थिइन प्रवासी भूमिदेखि मेरो सांगीतिक यात्राको सुरुवात हुन्छ भनेर’ उनी भिन्छन् । कभर गीत गाउन थालेपछि एक किसिमको भित्री मनबाट गीत गाउने उत्साह र आफन्त अनि साथीसंगीबाट धेरै हौसला पाएकाले हौसला जागेको उनी बताउँछिन् ।
कभर गीतबाटै आफू चिनिएको बताउँने किशु भन्छिन्, ‘मैले धेरै कभर गीतहरु गाउँदै गए र सबै दर्शकले मन पराइ दिनुभयो । र, अनलाइनको दुनियाँमा हाम्रो प्रतिभाले आयोजना गर्दै आएको कार्यक्रम व्हाटसप ग्रुपमा प्रवेश गरेँ र जहाँबाट मैले हरेक कुराहरु सिक्ने मौका पाएँ ।’
परिवार र दर्शकबाट साथ र सहयोग पाएकी बताउँदै किशुका गीतमध्ये ‘मै राम्री हो कि खै तिम्रो आँखा राम्रो’ सबैले रुचाए । जसमा गीतकार योगेश बानु राई रहेका छन् भने संगीत रमेश युडिले । त्यस्तै, उनको ‘जाले रुमाल मेरो जलहारीलाइ होइन’ पनि रुचाइको छ । आगामी दिनमा पनि गीतसंगीतलाई निरन्तरता दिँदै जाने किशुको सोच छ ।

Comments