‘फेरि दशैं आयो…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, ५ आश्विन बिहीबार
no img

काठमाडौं, ५ असोज । गायिका सुविना श्रेष्ठ र बलबहादुर वाईबाको आवाजमा ‘फेरि आयो दशैं–तिहार’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । वाईबाको शब्द तथा संगीत रहेको उक्त गीतमा सुन्दर लामाको संगीत संयोजन छ ।
स्वरलिपी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् । भिडियोमा करिष्मा ढकाल र ईश्वर बल्लव उप्रेतीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस भिडियोमा विक्रम लामाको छायांकन र प्रविण भट्टको सम्पादन रहेको छ । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ ।
भक्तपुर निवासी गायिका सुविनाको दोस्रो कोसेली रहेको यो दशै–तिहार सम्बन्धि गीत अत्यन्तै मर्मस्पर्शीे छ ।

Comments