शर्मिलाले जितिन् उपाधिसँगै स्कुटर
screennepal
प्रकाशित: २०७४, २ आश्विन सोमबार
no img

काठमाडौं, २ असोज । ‘मिसेस नेशनल आईकन–२०१७’ को उपाधि शर्मिला तामाङले जितेकी छन् । शर्मिलाले उपाधिसँगै यमाहाको स्कुटी तथा नगद पनि प्राप्त गरेकी छन् ।
ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना पहिलोपटक सम्पन्न ‘मिसेस नेशनल आईकन’ मा फस्ट र सेकेण्ड रजरअप क्रमश जेनिफर बज्रचार्य र ख्लेमुहाङ राई भए भने थर्ड र फोर्थ रनरअप क्रमश अरुणा शेर्पा र स्मृति राई भएका छन् । उनीहरुले पनि दामाशाही नगद ७ हजार तथा सवटाइटल प्राप्त गरे । आयोजक संस्थामा अध्यक्ष तथा गायक धनिराम राईका अनुसार अन्य ब्युटि प्याजेन्ट भन्दा फरक देखाउन स्कुटी र नगद प्रदान गरिएको हो ।
बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन आयोजना गरिएको भनिएको प्रतियोगिताको ब्युटि संयोजक सोनाम थुलुङ राई तथा कार्यक्रम संयोजक गणेश ईसाराले गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी एवं मोडल कला सुब्बाले गरिरहेकी थिइन्

Comments