सरस्वतीको रकिङ अब हङकङमा पनि…
screennepal
प्रकाशित: २०७४, ३० भाद्र शुक्रबार
no img

काठमाडौं, ३० भदौं । गायिका सरस्वती लामाको रकशैलीमा नरमाउने सायद कमै होलान् । यी नेपाली रकस्टार जहाँ पुग्छिन्, त्यहाँ रकिङ हुन्छ । यिनै गायिका अर्थात रकस्टार सरस्वतीले हङकङका श्रोता तथा दर्शकलाई रकिङमा झुमाउने भएकी छन् ।
हो, यी ‘उडि जाने हावाले’ र ‘खाली छ खाली’ जस्ता नेपाली गीतकी गायिका यहि आउँदो १७ सेप्टेम्बर र १९ मा हङकङमा जमाउँदैछिन् ।
नेपाली हङकङ महासंघको निम्तोमा त्यहाँ जान लागेकी सरस्वतीले भनिन्, ‘हङकङका दर्शकलाई रकिङ बनाउँनेछु ।’
साथै, सरस्वती हङकङमा एकल शोमा समेत प्रस्तुत हुँदैछिन् । सरस्वतीका लागि हङकङमा तामाङ इन्टरटेनमेन्ट ग्रुपले एकल शो गर्दैछ । सरस्वती हङकङस्थित याक एण्ड यति रेष्टुरेन्टमा एकल शोमा प्रस्तुत हुनेछिन् । सरस्वतीले आफूसँग रकिङमा रमाउन तयार हुन हङकङबासी नेपाली दर्शक तथा श्रोतालाई अनुरोध समेत गरेकी छन् ।
दुई कार्यक्रमका लागि सरस्वती शनिबार हङकङ प्रस्थान गर्दैछिन् । करिब साता दिनको यस सांगीतिक टुरमा सरस्वतीका अलावा अरु कलाकार पनि रहेका छन् । जसमा गायिका रेश्मा पुन, नोभा लिम्बू, शिशिर राईलगायत रहेका छन् । उनीहरु रमाइलो शरदसाँझमा प्रस्तुत ह्ुनेछन् ।

Comments