काठमाडौं, २७ भदौं । ‘मिसेस नेपाल इन्टरनेशनल–२०१७’ का प्रतियोगीले आफ्नो कला देखाएका छन् । उनीहरुले ‘ट्यालेन्ट शो’अन्तर्गत कला देखाएका हुन् । रिवन इन्टरटेनमेन्ट प्रालिले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै प्रतियोगिता आयोजना गरेको हो ।
विभिन्न पेशामा आवद्ध गृहिणीको भूमिका निर्वाह गरिरहेका प्रतियोगिहरुले मिसेस ट्यालेण्ट उपाधिका लागि अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका आप्mना प्रतिभा प्रदर्शन गरेका थिए ।
मिसेस ट्यालेण्टको घोषणा भने आगामी असोज ३ गते राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने मिसेस नेपाल इन्टरनेशनल २०१७ को अन्तिम स्पर्धाका दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशु झाले जानकारी गराए ।
प्रतियोगिताको अन्तिम स्पर्धामा सुरुची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मीना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमीरे, सरु थापा, प्रिति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मिरा थापा भण्डारी, रिता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मीला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योती दाहाल पनेरु, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पुजा लामा कुँवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तीका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मीला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमीत्रा कट्टेल, सारिका मल्ल प्रधान र सरस्वती मगर शाक्य गरी ४० महिलाले स्पर्धा गर्दैछन् ।