काठमाडौं, १२ भदौं । काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीय बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’ बनेका छन् । राजधानीको सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम स्पर्धामा बिक्रम पुरुषलेतर्फ र अमृताले महिलातर्फको उपाधि जितेका हुन् ।
बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन् । अमृताले मोष्टफोटोजेनिक र सुपरमोडलको समेत उपाधि हासिल गर्दा ार्दा बिक्रमले सुपर मोडल समेत चुनिए ।
दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरे ।
प्रतियोगीतामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमस लक्की खड्गी र रमेशकुमार चौधरी घोषित हुँदा महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बने ।
मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाउदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयामको शुरुवात गर्ने उदेश्यले प्रतियोगीता आयोजना हँुदै आएको आयोजक नेष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमलाले बताए ।
रनवे, ब्यक्तित्व बिकाश, आरजे, भिजे लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको प्रतिभा जान्ने निर्णायमा अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, रबिना देशराज श्रेष्ठ, राजभाइ सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मिलन एच आर राइ लगायत रहेका थिए ।
प्रतियोगितामा पुरुषतर्फ सन्तोस घिमिरे बेष्टपर्सनालिटी, सुरज पन्त बेष्टफिजिक्स, सजल केसी मोष्टफोटोजेनिक, लक्की खड्गी मोष्टइस्टाइलिष्ट, बिनायक राज पोखरेल मोष्टचार्मिङ, निलकुमार राई मोष्टडिसिप्लेन, बिधान प्रदान मोष्टकन्जुलिटी, शिव वाग्ले कर्मसियल मोडल, सुमन श्रीपाल सोशलरेस्पोन्सिवल, नेसनजंग मल्ल पब्लिकच्वाइस, अनमोल श्रेष्ठ मोष्टपपुलर, प्रज्वाल श्रेष्ठ बेष्टवाक चुँनिदा महिलातर्फ साहिमा श्रेष्ठ बेष्टपर्सनालिटी, अम्बिका अधिकारी मोष्टफोटोजेनिक, गंगा लामा मोष्टइस्टाइलिष्ट, अञ्जली लुइटेल मोष्टचार्मिङ, यासा श्रेष्ठ मोष्टडिसिप्लेन, मयुस श्रेष्ठ मोष्टकन्जुलिटी, एकता कुबर कर्मसियल मोडल, अर्निका राजभण्डारी सोशल रेस्पोन्सिवल, सगुन अर्याल पब्लिकच्वाइस, बेष्टफिगर र मोष्टपपुलर, सिमरन खड्का बेष्टवाक उपाधि चुम्न सफल रहे । खचाखच दर्शकले भरिएको कार्यक्रम स्थलमा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहेका थिए ।