निल डेभिडको सलुन इलाममा पनि…
screennepal
प्रकाशित: २०७४, २८ श्रावण शनिबार
no img

काठमाडौं, २८ साउन । चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले नेपाल र भारतका विभिन्न स्थानमा आप्mनो निल डेभिडस् युनिसेक्सर हेयर सलुन विस्तार गर्ने क्रममा इलाममा पनि शाखा सञ्चालनमा ल्याएका छन् ।
उनले फ्रेञ्चाइजीका रुपमा इलाममा नयाँ सलुन सञ्चालनमा ल्याएका हुन् ।
इलामका व्यवसायिक देवेन्द्र शंकरले निलको फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याएका हुन् । सलुन इलाम नगरपालिकाका मेयर महेश बस्नेत, एलडीओ धु्रव खड्का, इलामका डिएसपी महेन्द्र श्रेष्ठ, निल र उनका काका नरेन्द्र कटुवालले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।
‘इलामसँग मेरो रगतको नाता छ । त्यसैले मेरो लागि अन्त्आत्माको सलुन हो किनकी मेरो पुर्खा हजुरबुवा, बुवा इलामबाट नै आउनु भएको हो’ कार्यक्रममा बोल्दै निलले भने ‘त्यसैले यहाँका हेयर स्टाइलप्रेमीलाई लक्षित गरी यो फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याइएको हो ।’
निलले युवायुवतीमा हेयर फेशनप्रतिको रुचि बढेको पाइएको र सो सलुनबाट महिला र पुरुष दुबैको अनुहार र शरीर सुहाउँदो हेयर स्टाइल, हेयर स्ट्रेट, फेसियल, मेकअप, मेहेन्दी, नेलआर्ट लगायतको सेवा उपलब्ध गराइने बताए ।

Comments