एमटिभीको ‘स्प्लिटस्भिल्ला’मा नेपाली मोडल इशा
screennepal
प्रकाशित: २०७४, २० श्रावण शुक्रबार
no img

काठमाडौं, २० साउन । भारतीय टेलिभिजन च्यानल एमटिभीबाट प्रशारण हुँदै आएको मनोरञ्जन प्रधान शाहसिक प्रतियोगिता (रियालिटी शो) ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छन् ।
देशबिदेशबाट भएको अडिसनमा हजारौं मध्यबाट उत्कृष्ट १५ मा परेकी उनी तीन साता देखि सो प्रतियोगितामा छिन् । स्प्लिटस्भिल्लाको यो दशौं सृँखलासम्ममा नेपालबाट पहिलो पटक इशा नै चयन भएकी हुन् ।


अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफु पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी गराईन् ।
दुई साता अघिबाट हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा प्रशारण हुने यो प्रतियोगितामा भारतका चर्चित मोडल, गायक तथा सेलिब्रेटीहरु छन् । उनीहरुसँग समुहमा इशाले प्रतिस्पर्धा गर्दै उत्कृष्ट १२ को स्थान बनाईसकेकी छिन् ।
ललितपुरको भैंसेपटी निवासी इशा नेपाली मोडल हुन् । नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी हुन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिईन् । एमटिभीबाट करिअर सुरु गरेकी उनी चाँडै नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा आउने तयारीमा छिन् ।

 

Comments