मधुले ल्याइन् ‘पातै फरर…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १९ श्रावण बिहीबार
no img

 

काठमाडौं, १९ साउन । गायिका मधु क्षेत्री ‘पातै फरर’ लिएर आएकी छन् । मधुको यस तीजे गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र ओलीको शब्द÷संगीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन राजेशकुमारले ।
थुप्रै गीतमार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिनाअघि ‘ब्युटी ब्युटी छ’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर… बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।
गत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पातै फरर’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन । यस गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको हो ।

Comments